एनसेल ले पठाको को सुचना पुर्ण अशुद्ध, गुणस्तरिय सेवा प्रति कसरी बिश्वास गर्ने आइतबार, फाल्गुण २३, २०७७
दिलिप शर्मा
बिराटनगर / आजको युग प्रविधिको युग हो । २१ औ सताब्दीमा सुचना र प्रविधिको संगम युग भन्दा पनि फ़रक पर्दैन । नेपाल पनि आजको समयमा प्रविधि र सुचनाको नव युगमा राम्रो संग आफ़्नो समान्नतर कालिन युगमा बराबरको हिस्सेदारी राख्न सफ़ल भएको छ । अझ मोबाइल फ़ोन स्वर्णिम कालिन समयमा प्रवेश गरेको अवस्था छ । तर भाषा भनेको भाषा हो जुन शुद्ध र स्पस्ट हुनुपर्दछ ।
आफ़ुलाई व्यवशायीक रुपमा उभ्याउन सफ़ल प्रतिस्ठानले भाषालाई ध्यान दिनु धेरै महत्वको विषय हो । त्यस्तै कुरामा पटक पटक बिवादमा तानिने गर्दछ एनसेल । सुचनाको कुनै कुरामा विशेष महत्व हुने गर्दछ । नेपाली सुचना अंग्रेजी रोमन अक्षरमा र त्यो पनि अशुद्ध हुदा आफ़्नो सेवाग्रहीलाई अलमलमा पार्नु त्यो पनि दुर्भाग्यपूर्ण हुन जान्छ ।
सोर्स फ़ोर्समा कर्मचारी राख्नु कुनै पनि व्यवशायीक संस्थालाई सुहाउदैन अझ कुनै कुरा प्रकाशित गर्दा भाषा शुद्धता पनि खयाल राख्नु पर्दछ । जुन सुचना नेपाली भाषामा प्रेषित हुनु पर्थ्यो त्यो सुचना अंग्रेजी रोमन भाषामा प्रेषित गर्नुपर्ने कस्तो बाध्यता हो र त्यस्मा पनि पुर्ण अशुद्ध हुनु झन ठुलो दुर्भाग्य हो । समयमै सुधार हुनु राम्रो कुरोहो भोली फ़ेरी फ़र्कीने ठाउ नहुन पनि सक्छ ।