०७ पुष २०८१, आइतबार
Tags

केही घण्टामा नेपाल भारत सीमा सिल हुँदै, खुला सीमा बाट तस्करी खुल्ला

रणभूमी डेस्क बुधबार, कार्तिक ३०, २०७९

विराटनगर / आज रातिको १२ देखि नेपाल भारत सीमा बन्द हुँदैछ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा/प्रदेशसभा सदस्य निर्वाचनको लागि आज रातिको १२ बजे देखि मंसिर ४ गते रातिको ११ बजे सम्मको लागि बन्द रहने सूचना विराटनगर भन्सार कार्यालय रानीले नाकामा सूचना टास गरी जानकारी गराएको छ ।

तर विराटनगरको सीमावर्ती एरिया भन्सार कार्यालय देखि केही उत्तर तर्फ रहेको विराटनगर १६ स्थित दक्षीण गेटको बाटो भएर सुरक्षा कर्मिकै अगाडी बाट तस्करी खुलेआम रुपमा भईरहेको छ ।

निर्वाचनलाई स्वतन्त्र तथा भय रहित वातावरणमा सम्पन्न गराउन नेपाल भारत दुई देश बीच समझदारी र समन्वय गर्दै नेपाल भारत बीचको नाकामा हुने क्रियाकलाप गतिविधिहरुलाई कडाईका साथ रोक्ने प्रतिबद्धता गरेपनि खुला नाकाबाट एसएसबी र नेपालको सशस्त्र प्रहरीको अगाडी बाटै खुलेआम रुपमा तस्करी हुनुले कता कता निर्वाचन सुरक्षाको विषयमा स्थानिय प्रसाशन सम्वेदनशील नभएको बुझ्न सकिन्छ ।

भारतबाट यसरी वैकल्पिक बाटोहरुबाट के के सामानहरू भित्रिन्छ भन्ने विषयमा कुनै पनि चेक जाँच समेत हुनेगरेको छैन ।

भारतको टिकुलिया वस्ती सँगै टासिएर रहेको नेपालको विराटनगर महानगर पालिका वडा नं १६ मा पर्ने दक्षीण गेट र दरैया वस्तीको बाटो भएर पहिले देखिनै आपराधिक गतिविधि गर्ने तथा कुलतको सामग्री ओसार पोसार लगाएतका विषयहरुमा बारम्बार चर्चामा रहने गरेको ठाउँ हो ।

यहाँ कमेन्ट गर्नुहोस्