०७ पुष २०८१, आइतबार
Tags

नक्कली नोट र हतियार समाउने क्रममा ढुंगा मुढा, प्रहरीद्वारा २ राउण्ड हवाई फायर, ६ प्रहरी घाईते

रणभूमी डेस्क शुक्रबार, कार्तिक २५, २०७९

रौतहट/ रौतहटमा जाली नोट र अवैध हतियार बरामद गर्ने क्रममा प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ। रौतहट प्रहरीले जाली नोटसहित एक थान पेस्तोल बरामद गर्ने क्रममा स्थानीयले अवरोध गरेपछि हवाई फायर गर्नुपरेको हो।

प्रहरीमाथि स्थानीयले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरी टोलीले आत्मरक्षाको लागि २ राउण्ड हवाई फायर गरेको थियो। उक्त घटनामा २ जना म्यादी प्रहरीसहित ६ जना प्रहरी घाइते भएका छन्। हतियार र जाली नोटसहित प्रहरीले ६ जनालाई पक्रउसमेत गरेको छ।

जिल्लाको मौलापुर नगरपालिका वडानं ८ बाट प्रहरीले विशेष सूचनाका आधारमा एक थान नलकटुवा पेस्तोलसहित छ जनालाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय मौलापुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाली नोटको कारोबार गर्नेहरुलाई पक्राउ गरेको हो। शुक्रबार साझ प्रहरीले मौलापुर ७ बस्ने राजाराम साहको घर खानतलासी गर्दा राजाराम साहको घरमा लुकाई राखेको कटुवा पेस्तोल १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए। प्रहरीले नेपाली नक्कली नोठ १ हजार दरको ८७ थान समेत बरामद गरेको थियो।

प्रहरीले बारा जिल्लाको आदर्श कोतवाल गाउपालिका वडा नं. ६ बस्ने २५ वर्षका सोनु भन्ने आनन्द कुश्वाहा, सोही स्थानका ४५ वर्षिया प्रतिमा देवी कुश्वाहा, २२ वर्षिया अमृता कुमारी, १९ वर्षिय बृज किशोर मुखिया प्रका रौतहट मौलापुर न.पा वडा नं. ७ बस्ने बर्ष २३ को राजाराम साहलाई पक्राउ गरेको छ। त्यस्तै रौतहटकै देवाही गोनाही नगरपालिका वडा नं. ६ बस्ने धिरज प्रसाद जैसवाललाई पनि प्रहरीले प्रकाउ गरेको हो।

यहाँ कमेन्ट गर्नुहोस्