रणभूमी डेस्क बुधबार, कार्तिक ०९, २०७९
जोगवनी / भारतीय राज्य दुतावास काठमाण्डौको उपप्रमुख मिशन अधिकारी र प्रशन्न श्रीवास्तवले एकीकृत जाँच चौकी (आईसीपी)को निरीक्षण गर्नुभएको छ।
जोगवनी भ्रमणको क्रममा आईसीपी पुग्नुभएका वहाँहरुलाई आईसीपी जोगवनीका कार्यवाहक प्रबंधक विशाल मिश्राले स्वागत गर्दै फारबिशगंज देखि एकीकृत जाँच चौकी, जोगबनी जोड्ने सडकलाई जतिसक्दो चाँडो सुरु गर्न आग्रह गरे ताकि व्यवसायलाई पूर्ण एकीकृत जाँच चौकी, जोगबनीमा पुर्नस्थापित गर्न सकियोस् र क्षतिग्रस्त मिरगञ्ज पुलको मर्मत गरियोस् ।
नियोगका उपप्रमुखको पनि ध्यानाकर्षण भएको छ । प्रसन्न श्रीवास्तवले फारबिशगंजबाट एकीकृत चेकपोष्ट, जोगबनीलाई सिधा जोड्ने सडक र पोष्ट हुँदै जाने भारत-नेपाल रेलमार्गको पनि निरीक्षण गर्दै प्रसन्न श्रीवास्तवले माथिको समस्यालाई द्रुत गतिमा हटाउन सम्बन्धित विभागलाई निर्देशन दिनुभयो ताकि बहिर्गमन मार्ग छिट्टै सुरु गर्न सकियोस्।