०८ पुष २०८१, सोमबार
Tags

चुनौती पूर्ण ई-रिक्सा व्यवस्थापन नहुँदा मर्यादित बनाउने प्रयासमा ट्राफिक प्रहरी पोस्ट रानी

रणभूमी डेस्क आइतबार, आश्विन ०९, २०७९

विराटनगर / चुनौतीको रुपमा रहेको तीन पाङ्ग्रे ई-रिक्सा व्यवस्थापनलाई विराटनगरको दक्षिण् एरियामा ट्राफिक प्रहरीले प्राथमिकता साथ व्यवस्थापन गरेको छ ।

वैकल्पिक रोजगारको रुपमा स्थापित भएको ई-रिक्साको व्यवस्थापन नहुँदा अस्तव्यस्त भएको विराटनगरमा अहिले पार्किङ आभाव तथा उचित व्यवस्थापन नहुँदा भद्रगोल अवस्थामा रहेको ई-रिक्सा अटो ट्याम्पुलाई व्यवस्थित रुपमा संचालन गर्न सीमावर्ती रानी एरियाका ट्राफिक प्रहरी सहायक निरीक्षक प्रेम कुमार साहले आफ्नो टीम सहित विभिन्न जनचेतना मुलक कार्यक्रम, कडाई र कार्वाहीलाई ननिरन्तर्त दिँदै ई-रिक्सा पार्किङ व्यवस्थापनलाई पहिले को भन्दा धेरै हद सम्म राम्रो सुधार ल्याउनका साथै ई-रिक्सा अटो व्यवस्थापन गर्न सफल भएको छ।

रानी ट्राफिक पोस्ट प्रमुख साहले ई-रिक्सा अटो व्यवस्थापन ठुलो चुनौती भएको बताउनुहुन्छ। ई-रिक्सा विराटनगरमा कसरी व्यवस्थापन गर्ने विषयमा सरोकारवाला यातायात व्यवस्था कार्यालय र विराटनगर महानगरपालिका मौन सरह देखिन्छ जसको फल स्वरूप अटो, ई-रिक्सालाई नियमन गर्ने नहुँदा भद्रगोल अवस्थामा जता ततै देखिन्छ । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको भुमिका अहम हुने हुनाले दुर्घटना न्यूनिकरण र सहज आवागमनको लागि ट्राफिक प्रहरीले पहिलो प्राथमिकतामा राखेर ई-रिक्सा अटो व्यवस्थापनलाई तिव्रता दिएको बताउनुहुन्छ।

ई-रिक्सा व्यवस्थापन ट्राफिक प्रहरीको मात्र दायित्व नभई विराटनगर महानगर पालिका र यातायात व्यवस्था कार्यालयको प्रमुख दायित्व हो । यस तर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।

यहाँ कमेन्ट गर्नुहोस्