राजेश कुमार शर्मा शनिबार, भाद्र ११, २०७९
विराटनगर / भारतीय विदेश मन्त्रालयमा मध्य एशिया विभाग हेर्दै आउनुभएका नेपालका लागी भारतीय राजदुत नवीन श्रीवास्तवलाई धरानमा नेपालका सरकारका सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंगै स्वागत तथा सम्मान गरेका छन ।
सुनसरी उद्योग बाणिज्य संघ धरानले शनिबार स्वागत तथा परिचय कार्यक्रमको आयोजना गरी श्रीवास्तव संगै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई सम्मान गरेका हुन ।
कार्यक्रममा सुनसरी उद्योग बािणज्य संघ धरानको अध्यक्ष बिजय श्रेष्ठले धरान तथा देशकौ अर्थतन्त्रले भोगीरहेको समस्याको बारेमा राजदूत श्रीबास्तवलाई जानकारी गराएका थिए । उनले पहिला जोगबनी नाकाबाट आयात तथा निर्यात हुने बस्तुहरुको बारेमा अन्योल्यता छाएकोले भारत सरकारले नेपाल सरकार तथा नेपाली ब्यवसायीहरुले गर्न सक्ने सहयोगको बारेमा आफना धारणा राखेका थिए । श्रेष्ठले सिमामा रहेको पुल निर्माण नहुदाका कारण लामो दुरी गरी ब्यपाार ब्यवसायका समान ल्याउनुपर्दा उद्योगी ब्यापारीहरुलाई समस्या हुनेगरेको तर्फ जानकारी गराएका थिए भने भारतले गहु तथा चिनीमा हुने आयात र निर्यात किन बन्द गरिएको हो बारे जिज्ञासा समेत राजदूत श्रीवास्तव समक्ष राखेका थिए ।
त्यस्तै सोही कार्यक्रममा बिशिस्ट अथिती समेत रहुनभएका सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालका लागी भारतिय राजदुत डा. नवीन श्रीवास्तवलाई स्वागत गर्न सहराहनीय भएको भन्दै दुबै देशको सम्बन्ध सरकार सरकार मात्र नभएर जनता जनता बिचमा रहेको प्रष्ट पारेका थिए । धरानलाई गौरव र समृद्ध बनाउन हामी सबै लागि पर्नु पर्ने आग्रह गरेको थिए । मन्त्री कार्कीले बिश्वमा रहेको राष्ट्रहरुमध्ये भारत जस्तो समृद्ध रास्ट्र समेत एक भएको र सोही राष्ट्रबाट नेपालले पनि ब्यपार ब्यवसाय तथा अन्य कुराहरुमा फाइदा लिनुपर्ने बताए ।
त्यस्तै नेपालका लागी भारतीय राजदुत श्रीवास्तवले नेपाल भारत सम्बन्ध, ब्यापार, बोर्डर समस्या र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा आफना सरकारसंग राख्ने पनि बताए । श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन समेत दिएका थिए । उनले नेपाल भारतको सम्बन्ध सदियौ देखी रहेकोले आर्थिक हिसाबले अझ राम्रो गर्दै जाने त्यसका लागी दुबै देशले भुमिका खेल्नुपर्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन मेहता, भारतीय पेन्सन पेयिङ अफिस धरानका मेजर भरत खानुजिया, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादव , जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन मेहता, पुर्ब १.न. प्रदेश प्रमुख गोबिन्द सुब्बा, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी नेपाली काग्रेस सुनसरी क्षेत्र न.१.( क ) का सभापति अनिल श्रेष्ठ जिल्ला सचीव माधब घिसिङ, काग्रेसका धरान नगर सभापति श्याम पोख्रेल, धरानक निर्वतमान मेयर तिलक राई तथा सुनसरी जिल्ला सुरक्षा प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच सोही कार्यक्रम समापन लगतै मन्त्री कार्की तथा श्रीवास्तव आजै धरान १३ स्थित रहेको नेपाल भारत मैत्री भवनको अबलोकन तथा समुदघाटन गरी हस्तान्तरण समेत गरेका छन । नेपाल प्रहरी स्कुल धरानलाई जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा निर्माण गरिदिएको ३ तले २ बटा नेपाल भारत मैत्री भवनको राजदुत श्रीवास्तव तथा मन्त्री कार्कीले संयुक्त रुपमा समुदघाटन गरी हस्तान्तरण गरेका हुन ।
उक्त भवन ४ करोडको लगानीमा बनेको हो । त्यस्तै कार्की र श्रीवास्तवले भारतीय पेन्सन क्याम्पको समेत अवलोक भ्रमण गर्नुभएको छ भने धरान १३ स्थित रहेको सैनिक महाबिद्यालय समेत भ्रमण गर्नुभएको थियो ।