०७ पुष २०८१, आइतबार
Tags

चाइनिज स्याउ बोकेको ५ भारतिय र ३ नेपाली कन्टेनर प्रहरी नियन्त्रणमा

रणभूमी डेस्क शनिबार, भाद्र ११, २०७९

विराटनगर / आठ कन्टेनर चाइनिज च्याउ प्रहरीले भन्सार छली गरेको आशङ्कामा नियन्त्रणमा लिई अनुसन्धन थालेको छ ।

विराटनगर भन्सारबाट जाँच पास भएर आएको आठ कन्टेनर चाइनिज स्याउ ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले बिहीबार राती विराटनगर-१३ मलाय रोडबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले पाँच कन्टेनर भारतीय नम्बर प्लेट र तीन कन्टेनर नेपाली नम्बर प्लेटको गाडीमा हालेर ल्याएको चाइनिज स्याउ बरामद गरेको हो । भारतीय नम्बर प्लेटको एनएल ०१ एइ ४७०५, एनएल ०१ एइ ३७२२, एनएल ०१ एन २६६३, एनएल ०१ एबी २४१० एनएल ०१ कियू २२२२, ना. ५ ख ५६००, को १ ख ६९३९०१– ०२–००१ ख ८५५६ नम्बरको कन्टेनरमा ल्याएको चाइनिज स्याउ प्रहरीले नियन्त्रणमा लिएको छ । स्याउ बोकेको तीन वटा कन्टेनरले नेपाली नम्बर प्लेटको लहरी गाडीमा अनलोड गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको स्याउ बोकेको कन्टेनर  अहिले इलाका प्रहरी कार्यालय रानी विराटनगरमा राखेको छ । प्रहरीले नियन्त्रणमा लिएको स्याउ कसले आयत गरेको हो त्यो खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको स्याउको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्