०७ पुष २०८१, आइतबार
Tags

चोरी भएको केही बेरमै सीमा प्रहरी चौकी द्वारा २ जना चोर सहित मोटरसाइकल पक्राउ

रणभूमी डेस्क मंगलबार, बैशाख ०६, २०७९

विराटनगर / अस्पताल बाट चोरी भएको मोटरसाइकल हराएको केहीबेरमै जोगबनी सीमा बाट सीमा प्रहरी चौकी रानीको टोलीले २ जना मानिस सहित पक्राउ गरेकाे छ ।

वैशाख ५ गते सोमवार राती कोशी अस्पतालबाट टिभीएस अपाची १६० कालो रंगको मोटरसाइकल चोरी भएको मोटरसाइकल चोरहरुले भारतको जोगबनी स्थित टिकुलिया बस्तीमा बेच्न लैजादैगर्दा सीमा प्रहरी चौकी रानी प्रमुख सई दिल्ली देवकोटाको कमाण्डमा खटेको प्रहरी टोलीले रातिको सवा ११ बजेको समयमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङबाट को ४ प ९७२५ नं को मोटरसाईकल हराएको सूचना पाउने बित्तिकै सीमा प्रहरी चौकी प्रमुख देवकोटाले रानीको मुख्य चोकहरुमा निगरानी बढाएको थियो । केही बेरमै जोगवनीको टिकुलिया वस्ती (लागु औषध बेच्ने ठाउँ)मा मोटरसाइकल बेच्न जान लागेको बेला विराटनगर १६ स्थित दक्षिन गेटबाट मोटरसाइकलमा सवार दुईजना सहित मोटरसाइकल नियन्त्रणमा लिएको थियो । मोटरसाइकल सहित पक्राउ पर्नेहरु विराटनगर -९ बस्ने वर्ष ४० को ताहिर अन्सारी र सोही ठाउँ बस्ने वर्ष २९ को मो.आलम रहेको छ ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

सीमा प्रहरी चौकी रानी प्रमुख देवकोटाले यस अघी पनि भारतमा बेचिसकिएको केही चोरीको मोटरसाइकलहरु भारतिय प्रहरी सँग समन्वय गरेर फिर्ता ल्याउन सफल भईसकेका छन् ।

सीमा प्रहरी चौकी रानी प्रमुख दिल्ली देवकोटा भन्छन् सीमावर्ती एरियामा हुने आपराधिक गतिविधि, लागुऔषधको कारोवार, दुर्व्यसनी, चोरी चकारी तथा तस्करी जन्य कार्य गर्ने जोकोहीलाई पनि कार्वाही गर्न कुनै पनि किसिमको सम्झौता नगर्ने तथा आफु सीमा प्रहरी चौकी रानीमा रहुञ्जेल लागुऔषध सम्बन्धी विकृतिलाई निर्मूल पार्ने कार्यमा निरन्तर लागि पर्ने बताउँछन् । अहिले सम्ममा त्यस्ता धेरै किसिमका व्यक्तिहरूलाई कार्वाहीको दायरामा ल्याएर धेरैलाई मुद्दा पनि चलाइसकेको बताउँछन् ।

यहाँ कमेन्ट गर्नुहोस्